भारतले संशोधन गर्‍यो चिया आयातको कडाइ, नेपाली चिया जाने बाटो तत्काललाई खुला


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
भारतले संशोधन गर्‍यो चिया आयातको कडाइ, नेपाली चिया जाने बाटो तत्काललाई खुला

नेपालको चिया निर्यातमा भारतले खडा गरेको अवरोध तत्कालका लागि हटेको छ।

भारतको टी बोर्डले मे १ देखि लागू गरेको आयातित चियाको अनिवार्य परीक्षण सम्बन्धी ‘स्टयान्डर्ड अपरेटिङ प्रोसिड्युर’ मा  संशोधन गरेको हो। 

मंगलबार भारतीय टी बोर्डले सूचना जारी गर्दै भारतमा घरेलु बिक्रीका लागि ल्याइने चियालाई टी बोर्डको अनिवार्य परीक्षणबाट अस्थायी रूपमा मुक्त गरेको छ।

भारतीय वाणिज्य मन्त्रालयको निर्देशनमा टी बोर्डले यस्तो सूचना जारी गरेसँगै अब नेपालबाट बिनाअवरोध चिया भारत जाने भएको छ।

‘भारतीय टी बोर्डले एसओपीमा संशोधन गरेसँगै अब नेपालबाट पहिले जसरी नै चिया भारत जानेछ,’ नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष  शिवकुमार गुप्ताले भने ‘बोर्डको यो सूचनाले अवरोध हटेको छ।’

Read More
  • MBL - below news