चीनमा एक मिनेटभन्दा कम समयमै बनिरहेछ बीवाईडी कार, तीन सेकेन्डमै ब्याट्री तयार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चीनमा एक मिनेटभन्दा कम समयमै बनिरहेछ बीवाईडी कार, तीन सेकेन्डमै ब्याट्री तयार

झेङ्झाउ, चीन — चीनको झेङ्झाउ सहरमा रोबोटको सहायतामा एक मिनेटभन्दा कम समयमै बीवाईडी विद्युतीय कार (ईभी) तयार हुने गरेको छ । सेप्टेम्बर २०२१ मा बीवाईडीले झेङ्झाउ एयरपोर्ट इकोनोमी जोनमा उद्योग स्थापना गरेसँगै यहाँ विद्युतीय सवारी, मुख्य पार्टपुर्जा, पावर ब्याट्री, नयाँ सामग्री तयार हुने गरेका छन् । कुल १०.६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बीवाईडी कारखानामा यस्ता अत्याधुनिक विद्युतीय सवारी र कारका मुख्य पार्टपुर्जा बनाइन्छ ।

विद्युतीय कार उत्पादनका मुख्य प्रक्रिया स्ट्याम्पिङ, वेल्डिङ, पेन्टिङ र एसेम्बलिङका साथै बीवाईडीले यहाँ अन्य महत्त्वपूर्ण कारखाना पनि स्थापना गरेको छ । यहाँ सवारीसाधनका मोटर, इलेक्ट्रोनिक कन्ट्रोल, पावर सप्लाई, पावर ट्रेन, एयर कन्डिसनिङ, स्टेयरिङ, ट्रिम, बत्ती, फ्रेम, सिट र अन्य प्रमुख पार्टपुर्जाका साथै ब्लेड ब्याट्री पावर तयार हुने गरेको छ । झेङ्झाउमा बीवाईडी तयार पार्न आवश्यक सबै संरचना तयार गरिसकिएको कम्पनीले जनाएको छ ।

Read More
  • MBL - below news