१ जेठ, काठमाडौं । खराब कर्जा उठाउन धितो लिलाम गरेको अभियोगमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गर्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकलाई जानकारी समेत नदिएको खुलेको छ ।
तत्कालीन स्मार्ट टेलिकमको टावर तथा उपकरण लिलामी गरेर बिक्री गरेको भन्दै सीआईबीले पाण्डेलाई सिन्धुलीबाट नियन्त्रणमा लिएको थियो । तर, राष्ट्र बैंकको प्रत्यक्ष नियमनमा रहेको वाणिज्य बैंकका सीईओलाई बैंकको नियमित र कानुनप्रदत्त काम गरेको आरोपमा पक्राउ गर्दा केन्द्रीय बैंकसँग परामर्श समेत नगरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।








