काठमाडौँ — ३ हजार ५० संघीय कार्यालयमध्ये २ हजार १ सय ५६ कार्यालयमा बेरुजु देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख्य संख्यामा संघीय कार्यालयहरूमा बेरुजु देखिएको हो । त्यस्तै प्रदेश सरकारी कार्यालयतर्फ १ हजार १२४ निकायको लेखापरीक्षण गरिएकोमा ३२८ कार्यालय (२९.१८ प्रतिशत) मा उल्लेख्य बेरुजु नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।







