मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त भएका तारा मानन्धरले शक्रबारदेखि पदभार ग्रहण गरेका छन्।
बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरूको उच्च कार्यकारी भूमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मेडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका थिए।
उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ।








