आज, जेठ १ शुक्रबार, शुद्ध ज्येष्ठ कृष्णपक्ष त्रयोदशी तिथि, कुन राशिको लागि कस्तो ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आज, जेठ १ शुक्रबार, शुद्ध ज्येष्ठ कृष्णपक्ष त्रयोदशी तिथि, कुन राशिको लागि कस्तो ?

जेठ १ शुक्रबार, शुद्ध ज्येष्ठ कृष्णपक्ष त्रयोदशी तिथि

मेष
नयाँ कामको लागि समय शुभ छ। व्यावसायिक क्षेत्र लाभदायी देखिन्छ।

वृष 
खर्च र नयाँ लगानीमा सतर्क रहनुपर्ने समय छ। व्यवसाय मध्यम रहन्छ।

मिथुन 
आम्दानीको स्रोत बलियो बन्नेछ। बैङ्किङ, फाइनान्स तथा लेनदेनका कामहरूबाट विशेष फाइदा उठाउन सकिनेछ। 

कर्कट
व्यवसाय तथा पेशागत क्षेत्रमा उल्लेखनीय सफलता मिल्नेछ। प्रशासनिक निकायबाट सहयोग प्राप्त हुने सम्भावना छ।

सिंह
परोपकारी कार्यमार्फत सम्मान र लोकप्रियता प्राप्त हुनेछ। पर्यटन तथा मनोरञ्जन क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई राम्रो लाभ मिल्नेछ।

कन्या
स्वास्थ्यमा समस्या तथा पारिवारिक असमझदारी देखिन सक्छ। यद्यपि मेडिकल वा हातहतियार सम्बन्धी कामबाट फाइदा उठाउन सकिनेछ। 

तुला
परिवार तथा आफन्तजनको सहयोगले महत्वपूर्ण कार्यहरू पूरा हुनेछन्। रमाइलो यात्राको अवसर पनि मिल्नेछ।

वृश्चिक
धनको लाभदायक क्षेत्रमा लगानी हुन सक्छ। रोकिएका आर्थिक कामहरू अगाडि बढ्ने सम्भावना छ।

धनु
शैक्षिक, सामाजिक तथा बौद्धिक गतिविधिमा समय दिनुपर्ने आवश्यकता देखिन्छ। आर्थिक पक्ष सामान्य रहनेछ।

मकर
खर्चमा वृद्धि र काममा अवरोधको सम्भावना रहेकाले सोचविचार गरेर निर्णय लिनु उपयुक्त हुनेछ।

कुम्भ
पद र प्रतिष्ठामा वृद्धि हुनेछ। दाजुभाइ तथा साथीहरूको सहयोगबाट नयाँ अवसरहरू प्राप्त गर्न सकिनेछ।

मीन
नयाँ लगानी तथा नयाँ काम प्रारम्भ गर्न अनुकूल समय रहन सक्छ। नयाँ योजनाहरू अघि बढाउन उपयुक्त रहनेछ।

  • MBL - below news