२९ वैशाख, काठमाडौं । ५८ जना सांसदले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । उनीहरूले संघीय संसद् सचिवालयको सांसद सुविधा शाखा शाखामा बुझाएका हुन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ (क) को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
दुवै ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।








