काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सोमबार सार्वजनिक गर्ने निर्णय गरेको छ।
सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जनाएको हो।
विगतमा एसईईको नतिजा प्रकाशनमा करिब तीन महिना लाग्ने गरे पनि बालेन शाह नेतृत्वको सरकार गठनपछि पहिलो पटक एक महिनामै नतिजा सार्वजनिक हुन लागेको बताइएको छ।
यस वर्ष एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका हुन्।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा सहज रूपमा प्राप्त गर्न SMS, IVR र वेबसाइटमार्फत सेवा उपलब्ध गराउने जनाएको छ।
इन्टरनेट सुविधा नभएको अवस्थामा SMS र IVR सेवा प्रयोग गर्न सकिने बोर्डले जनाएको छ। नेपाल टेलिकमका प्रयोगकर्ताले मोबाइलको म्यासेज बक्समा SEE र आफ्नो Symbol Number टाइप गरी १६०० मा पठाएर नतिजा प्राप्त गर्न सक्नेछन्। त्यस्तै १६०० मा फोन गरी निर्देशनअनुसार पनि नतिजा सुन्न सकिनेछ।
जानकी टेक्नोलोजी (Sparrow SMS) को ३५००१ तथा एम्बीसन गुरुको ३१०६१ नम्बरमा म्यासेज पठाएर पनि नतिजा प्राप्त गर्न सकिने जनाइएको छ।
ग्रेडसिटसहितको विस्तृत नतिजाका लागि बोर्डबाट अनुमति प्राप्त विभिन्न वेबसाइट प्रयोग गर्न सकिने बोर्डले जनाएको छ।
SEE नतिजा हेर्ने आधिकारिक वेबसाइटहरू
तलका लिंकहरूमा क्लिक गरेर आफ्नो मार्कसिट डाउनलोड गर्न सक्नुहुन्छ:
|
फर्म/संस्था |
|---|
|
आइएमई खल्ती लि. |
|
कलेज इन्फो नेपाल प्रा.लि. |
|
द कनेक्ट प्लस प्रा.लि. |
|
एनसेल आजियाटा लिमिटेड |
परीक्षार्थीका लागि केही महत्त्वपूर्ण सुझाव:
सिम्बोल नम्बर रुजु गर्नुहोस्: नतिजा हेर्दा आफ्नो प्रवेशपत्र (Admit Card) मा भएको सिम्बोल नम्बर र जन्ममिति सही टाइप गरे/नगरेको निश्चित गर्नुहोस्।
धैर्य राख्नुहोस्: नतिजा सार्वजनिक भएको सुरुवाती समयमा वेबसाइटहरूमा ट्राफिक बढी भएर ढिलो खुल्न सक्छ। यस्तो बेला केही समय पर्खिएर वा SMS सेवा प्रयोग गर्नु बुद्धिमानी हुनेछ।
बोर्डले नतिजा प्रकाशनमा कुनै त्रुटि नहोस् भन्नका लागि डाटा इन्ट्री र रुजु गर्ने कार्यलाई निकै कडाइका साथ सम्पन्न गरेको जनाएको छ।
NEB Grade System
|
SN |
Percentage (%) |
Grade |
Description |
Grade Point |
|---|---|---|---|---|
|
1. |
90 to 100 |
A+ |
Outstanding |
4.0 |
|
2. |
80 to below 90 |
A |
Excellent |
3.6 |
|
3. |
70 to below 80 |
B+ |
Very Good |
3.2 |
|
4. |
60 to below 70 |
B |
Good |
2.8 |
|
5. |
50 to below 60 |
C+ |
Satisfactory |
2.4 |
|
6. |
40 to below 50 |
C |
Acceptable |
2.0 |
|
7. |
35 and above |
D |
Basic |
1.6 |
|
8. |
Below 35 |
NG |
Unclassified |
- |








