काठमाडौं: सरकारी कार्यदलले पेट्रोलियम पदार्थको संकट व्यवस्थापनका लागि निजी र सरकारी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएको छ।
पश्चिम एसियाली संकट र नेपालमा त्यसको प्रभाव सम्बन्धी अन्तरमन्त्रालय उच्चस्तरीय कार्यदलले पेट्रोलियम पदार्थको चरम अभाव भएको अवस्थामा निजी तथा सरकारी सवारीसाधनहरुमा जोरविजोर प्रणाली लागू गरी इन्धन खपन कम गर्नुपर्ने सुझाव दिएको हो।








