बिहीवार नेप्से परिसूचक ९ दशमलव ९२ अंक घटेर १ हजार २३८ दशमलव ५६ विन्दुमा कारोबार बन्द भएको छ । उक्त दिन १६६ वटा कम्पनीको १८ लाख ७७ हजार कित्ता शेयर ४५ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ।
कारोबारमा आएका १२ समूहको परिसूचकमा सबै समूहको परिसूचक घटेको छ । दिनभरिको कारोबारमा जलविद्युत समूहको परिसूचक सर्वाधिक २ दशमलव ७४ प्रतिशत घटेको छ । जलविद्युत समूह लगायत होटल, निर्जीवन बीमा, लघुवित्त समूहहरुको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् भने बैंकिङ, व्यापार, विकास बैंक, वित्त, उत्पादन, अन्य, जीवन बीमा र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कम घटेका छन् ।
बिहीबार रसुवागढी हाइड्रोपावरको शेयरमूल्य घटेर सबैभन्दा धेरै ९ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने साञ्जेन जलविद्युतको पनि ५ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
त्यस्तै नेपाल बैंकको २ करोड रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिभिल बैंकको संस्थापक शेयर र कृषि विकास बैंकको पनि १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ।
लघुवित्त कम्पनी तर्फ सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ५.७१ प्रतिशतले बढेको छ भने विजय लघुवित्तको शेयरमूल्य ४ प्रतिशतले बढेको छ । त्यस्तै सानिमा इक्वीटी फण्डको इकाईमूल्य २.२९ प्रतिशतले बढेको छ भने अन्य ८ वटा कम्पनीको शेयरमूल्य १ प्रतिशतभन्दा धेरैले बढेको छ ।







