महिला उद्यमी लक्षित वित्तीय समाधान विकासमा लक्ष्मी सनराइज बैंक र IFC बीच सहकार्य


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महिला उद्यमी लक्षित वित्तीय समाधान विकासमा लक्ष्मी सनराइज बैंक र IFC बीच सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंकले महिला उद्यमी लक्षित वित्तीय समाधान विकास गर्न विश्व बैंक समूहअन्तर्गतको International Finance Corporation (IFC) सँग ‘Banking on Women (BoW)’ पहलअन्तर्गत सहकार्य सम्झौता गरेको छ।

उक्त सहकार्य Global WMSME Sex Disaggregated Data (SDD) कार्यक्रमअन्तर्गत भएको हो, जसलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल Women Entrepreneurs Finance Initiative (We-Fi) ले सहयोग गरिरहेको छ।

सम्झौतामा लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा IFC का दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक (Financial Institutions Group – Upstream and Advisory) मेहदी चेरकाउईले हस्ताक्षर गरेका हुन्।

बैंकका अनुसार यस सहकार्यअन्तर्गत IFC ले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांक (Sex Disaggregated Data–SDD) को संकलन, विश्लेषण तथा उपयोग प्रणाली सुदृढ बनाउन प्राविधिक सहयोग उपलब्ध गराउनेछ। यसबाट महिला स्वामित्वमा रहेका साना तथा मझौला उद्यम (WSMEs) का आवश्यकता, चुनौती तथा अवसर पहिचान गर्न सहज हुने विश्वास गरिएको छ।

सहकार्यमार्फत बैंकले महिला उद्यमीका लागि थप प्रभावकारी, समावेशी तथा आवश्यकतामा आधारित वित्तीय सेवा तथा समाधान विकास गर्ने जनाएको छ। साथै, यस पहलले महिला उद्यमशीलता प्रवर्द्धन र समावेशी आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।

  • MBL - below news