वीरगञ्जमा आयोजित नबिलको निःशुल्क जलन शिविरमा १५० जनाले पाए उपचार तथा परामर्श सेवा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वीरगञ्जमा आयोजित नबिलको निःशुल्क जलन शिविरमा १५० जनाले पाए उपचार तथा परामर्श सेवा

काठमाडौँ । Nabil Bank को सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वीरगञ्जस्थित Narayani Hospital मा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन्।

नारायणी अस्पताल र नबिल बैंकको संयुक्त आयोजना तथा FACT Nepal को प्राविधिक सहयोगमा वैशाख १७ देखि २० गतेसम्म सञ्चालन भएको शिविरमा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ। तीमध्ये जटिल प्रकृतिका ६ जना बिरामीलाई थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ।

शिविर सञ्चालनअघि मधेश प्रदेशका ६ जिल्लाका २७ पालिकामा स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको थियो। उक्त क्याम्पमार्फत FACT नेपालका स्वास्थ्यकर्मीले स्थानीय तहमै पुगेर जलनपीडित बिरामीको प्रारम्भिक विवरण संकलन गरेका थिए।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) Manoj Kumar Gyawali ले नेपालमा जलनसम्बन्धी घटनाका धेरै पीडितले अझै पनि प्रभावकारी उपचार नपाइरहेको अवस्थामा दुर्गम क्षेत्रका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए। उनका अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क उपचार तथा परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।

शिविरमा Dr. Shankarman Rai सहित कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन र विशेषज्ञ चिकित्सकको टोलीले शल्यक्रिया तथा उपचार सेवा प्रदान गरेको थियो। डा. राईले चारदिने शिविरमार्फत अपेक्षाभन्दा बढी बिरामीलाई सेवा दिन सफल भएको उल्लेख गर्दै भविष्यमा नारायणी अस्पतालबाटै जलनसम्बन्धी उपचार सेवा विस्तार हुने अपेक्षा व्यक्त गरे।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट Dr. Chitranjan Shah ले लामो समयदेखि उचित उपचार नपाएर असहज जीवन बिताइरहेका जलनपीडितका लागि शिविर प्रभावकारी भएको बताए। उनले उपचारपछि बिरामीको व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे।

नबिल बैंकका अनुसार आगामी वैशाख २५ देखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा पनि यस्तै निःशुल्क जलन शिविर सञ्चालन गरिनेछ। यसअघि बैंकले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सञ्चालन गरेको शिविरमार्फत क्रमशः ६५ जना र १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरिसकेका छन्।

नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक Nabil Bank Limited ले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, सामाजिक उद्यमशीलता र दिगो विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

  • MBL - below news