विमानस्थलबाट भारतीय नागरिकसहित २ जना पक्राउ, करिब २७ लाख रूपैयाँ बरामद


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विमानस्थलबाट भारतीय नागरिकसहित २ जना पक्राउ, करिब २७ लाख रूपैयाँ बरामद

विराटनगर : विराटनगर विमानस्थल हुँदै काठमाडौं उड्न लागेका दुई जना यात्रु ठूलो रकमसहित पक्राउ परेका छन् । स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् । 

मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार शनिबार दिउँसो करिब ३:३५ बजे नियमित सुरक्षा जाँचका क्रममा भारतको माल्दा जिल्ला सुजागञ्जका ३६ वर्षीय मोहिदिल अलीलाई पक्राउ गरिएको छ । उनी श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जान लागेका थिए । अलीले बोकेको झोलाभित्र नेपाली १५ लाख ९८ हजार रुपैयाँ फेला परेको डीएसपी चुँडालले बताइन् । 

त्यसैगरी, एक दिनअघि शुक्रबार राति करिब ८ बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका सुनसरीको धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलिप तामाङ पनि पक्राउ परेका छन् । तामाङको साथबाट ११ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

Read More
  • MBL - below news