गरिमा बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुट, ओम र केडीसी हस्पिटलबीचसँग सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गरिमा बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुट, ओम र केडीसी हस्पिटलबीचसँग सम्झौता

गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल   (केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको उपचार सेवा अन्तर्गत सिटि स्क्यान, एक्सरे लगायत अन्य स्वास्थ्य सेवामा १०% सम्म छुट प्राप्त गर्नेछन् । 

त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)को बेड शुल्कमा १५% तथा अन्य स्वास्थ्य सेवामा १०% सम्म छुट प्राप्त गर्नसकिनेछ । कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)ले प्रदान गर्ने उक्त छुट काठमाडौंको बसुन्धारा सहित सुन्दरबस्ती र सतुंगल, पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) र बुटवल (रुपन्देही) स्थित शाखाहरुबाट पनि प्राप्त गर्न सकिनेछ । 

गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकको मोबाईल बैकिङ् र डेविट÷क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा उल्लेखित दुबै हस्पिटलहरुबाट सहजै छुट प्राप्त गर्नसक्नेछन् ।

  • MBL - below news