काठमाडौं: नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ।
बोर्डले बुधबार सूचना जारी गरेर आम सर्वसाधारण तथा सरोकारवालासँग सुझाव मागेको हो। आगामी जेठ १५ गतेसम्म सुझाव दिन सकिनेछ।
बोर्डले हरेक वर्ष धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तारका लागि नीति तथा कार्यक्रम बनाउने गर्छ।








