सरकारी कर्मचारीको खातामा गयो १५ दिनको तलब, यसरी मिलाइयो व्यवस्था


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सरकारी कर्मचारीको खातामा गयो १५ दिनको तलब, यसरी मिलाइयो व्यवस्था

नेपाल सरकारले निजामती कर्मचारीलाई पाक्षिक (महिनामा दुई पटक) तलब भुक्तानी सुरू गरेको छ।

यस प्रक्रियाको पहिलो चरणमा आज वैशाख १६ गते अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरूले १५/१५ दिनमा तलब प्राप्त गर्न थालेका छन्। पाक्षिक भुक्तानीको उद्घाटन अर्थ मन्त्रालयको कर्मचारीबाट सुरूवात गरिएको हो। 

'अर्थ मन्त्रालयल र महालेखा नियन्त्रक कार्यालय अन्तर्गतका कर्मचारीको पाक्षिक भुक्तानी पठाइएको छ। अन्य निकायका लागि सिस्टम खुला छ,' महालेखा नियन्त्रक शोभाकान्त पौडेलले भने।

Read More
  • MBL - below news