काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्ने भएका छन् । स्वरोजगारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्न लागेको हो ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभाबाट र विन नेपाल लघुवित्तले वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न लागेका हुन ।
स्वरोजगार लघुवित्तले जेठ १ गते पन्चकन्या बैंक्वेट, पुलबजार, बनेपामा विहान ११ः३० बजे विशेष साधारण सभा बोलाएको छ । सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्दै यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । स्वरोजगार लघुवित्तले विशेष साधारण सभा प्रयोजनका लागि वैशाख २२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा वैशाख २१ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।








