पन्दाकलाई सिडिएससी प्रमुखको जिम्मेवारीबाट पनि हटाइयो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पन्दाकलाई सिडिएससी प्रमुखको जिम्मेवारीबाट पनि हटाइयो

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीबाट पनि प्रविन पन्दाकलाई हटाइएको छ । वैशाख ११ गते बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई नेप्सेको प्रतिनिधि सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेसँगै वैशाख १३ गते बसेको सिडिएससीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाटनै सिडिएससीको प्रमुख जिम्मेवारीबाट हटाउने निर्देशन भएसँगै नेप्सेले पन्दाकलाई प्रतिनिधि सदस्यबाट फिर्ता बोलाउने निर्णय गरेको हो । नेप्सेको ५० दशमलव ९३ प्रतिशत शेयर स्वामित्व रहेको सिडिएससीमा नेपाल सरकार अर्थमन्त्रालयको ४९ दशमलव शून्य ७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

Read More
  • MBL - below news