संघका समस्याग्रस्त सहकारीबाट पीडितले फिर्ता मागे ४० अर्ब, सरकारले दियो २५ करोड


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
संघका समस्याग्रस्त सहकारीबाट पीडितले फिर्ता मागे ४० अर्ब, सरकारले दियो २५ करोड

१३ वैशाख, काठमाडौं । सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्न स्थापना भएको चक्रीय कोषमा २५ करोड रुपैयाँ मात्रै सरकारले राख्ने भएको छ । सरकारले चक्रीय कोष कार्यविधि स्वीकृत गर्दै चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेअनुसारको २५ करोड रुपैयाँ मात्रै दिने भएको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापनाका लागि बीउ पूँजीको व्यवस्था गरिएको थियो । सो अनुसार अर्थमन्त्रालयले २५ करोड रुपैयाँ विनियोजन गरेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

Read More
  • MBL - below news