एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’

काठमाडौं, बैशाख २०८३ – एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा उत्कृष्ट कार्यसम्पादन गर्दै जर्मनीस्थित कमर्ज बैंक एजीबाट प्रतिष्ठित ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको छ।

बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उच्च गुणस्तर, दक्षता र स्वचालित प्रक्रियामार्फत सेवा प्रवाह गरेको मूल्याङ्कनका आधारमा उक्त सम्मान प्रदान गरिएको हो। ‘एसटीपी (Straight Through Processing)’ अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त पुरस्कार मानिन्छ, जुन पूर्ण रूपमा स्वचालित र त्रुटिरहित भुक्तानी सेवा प्रदान गर्ने सीमित बैंकहरूलाई मात्र दिइन्छ।

यस उपलब्धिले एनएमबि बैंकको प्राविधिक क्षमता, कार्यगत अनुशासन तथा छिटो, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता प्रतिबिम्बित गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले यस उपलब्धिलाई ग्राहककेन्द्रित सेवाको परिणामका रूपमा व्याख्या गर्दै अन्तर्राष्ट्रिय बैंकिङलाई अझ सरल र सहज बनाउने प्रयासलाई निरन्तरता दिने बताए।

यो सम्मानसँगै एनएमबि बैंक व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एक विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनेको बैंकले जनाएको छ।

हाल बैंकले देशभर १९८ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।