सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान जारी राखेका बेला धितोपत्र र बिमा सम्बन्धी कसुरमा गोल्छामाथि अनुसन्धान


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान जारी राखेका बेला धितोपत्र र बिमा सम्बन्धी कसुरमा गोल्छामाथि अनुसन्धान

काठमाडौँ — धितोपत्र र बिमासम्बन्धी कसुरमा व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा बिहीबार पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान जारी राखेकै बेला प्रहरीले समेत धितोपत्र र बिमासम्बन्धी कसुरमा गोल्छामाथि अनुसन्धान अघि बढाएको हो । 

नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गोल्छालाई बिहीबार अपराह्न नक्साल नारायणचौरस्थित गोल्छा अर्गनाइजेसनको कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर गोल्छालाई नियन्त्रणमा लिइएको सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए ।

Read More
  • MBL - below news