सरकारले २५ जना सहसचिवको एकसाथ सरुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट २५ सहसचिवको अन्तरमन्त्रालय तथा अन्तरनिकाय सरुवा गरिएको हो।
सरुवा भएकामध्ये ५ जना सहसचिव अर्थमन्त्रालयबाट बाहिरिएका छन्।
यो सरुवामा अर्थमन्त्रालय भित्रिने भने कोही छैन।
आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव महेश भट्टराईको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवमा सरुवा गरिएको छ।








