काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले थप सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ शुक्रवार बाँडफाँट गरेकोे छ । विक्री प्रबन्धक हिमालयन क्यापिटलले मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिएका २७ लाख २७ हजार ११७ जना आवेदकहरुमध्ये ७८ हजार २० जना आवेदकहरुमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो । यस कम्पनीको आईपीओ खरीदका लागि कुल २७ लाख ७१ हजार १८ जनाको आवेदन परेको विक्री प्रबन्धकको भाई छ । ४३ हजार ९०१ जनाको आवेदन भने रद्ध भएको छ ।








