कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

भक्तपुर : कृषि विकास बैंक लिमिटेड ले आफ्नो ५९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको आन्तरिक राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। कर्मचारी संगठन नेपालको केन्द्रीय समितिद्वारा आयोजित प्रतियोगिताले खेलकुदमार्फत कर्मचारीबीच सहकार्य, सद्भाव र ऊर्जाको अभिवृद्धि गरेको बैंकले जनाएको छ।

वैशाख ६ र ७ गते भक्तपुरस्थित सूर्यविनायक ब्याडमिन्टन कभर्ड हलमा आयोजित प्रतियोगितामा देशभरका शाखाबाट कर्मचारी–खेलाडीहरूको सहभागिता रहेको थियो। दुई दिनसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पुरुष सिंगल्सतर्फ टक्कर कुँवर र महिला सिंगल्सतर्फ प्रतिक्षा नेपाल विजेता बने।

प्रतियोगिताको नतिजा यस प्रकार छ:

महिला सिंगल्स
प्रथम: प्रतिक्षा नेपाल
द्वितीय: दीपिका राई
तृतीय: उषा मल्ल, प्रिया गुप्ता

पुरुष सिंगल्स
प्रथम: टक्कर कुँवर
द्वितीय: राजकुमार निरौला
तृतीय: विनयकुमार पाण्डेय, विजय जोजिजु

पुरुष डबल्स
प्रथम: राजकुमार निरौला र विनयकुमार पाण्डेय
द्वितीय: टक्कर कुँवर र मनोज काफ्ले
तृतीय: विजय जोजिजु र रमन राई, बसन्त थापा र संजयराज श्रेष्ठ

४५ वर्षमाथि (भेट्रान्स डबल्स)
प्रथम: सञ्जय श्रेष्ठ र रमेश के. अर्याल
द्वितीय: घनश्याम श्रेष्ठ र दीर्घजंग लिम्बु
तृतीय: बासुदेव गिरी र बलबहादुर साउद, तुल्सी सुवेदी र रोशन लिम्बु

समापन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विजेतालाई ट्रफी प्रदान गर्दै यस्ता गतिविधिले कर्मचारीको स्वास्थ्य, आपसी सम्बन्ध र टिम भावना सुदृढ हुने बताए।

कार्यक्रममा कर्मचारी संगठनका अध्यक्ष इन्द्रमणी घिमिरेले विजेतालाई प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए। साथै, बैंकमा कार्यरत तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री राकेश यादवलाई विशेष सम्मान गरिएको थियो।

बैंकका अनुसार प्रतियोगिताले वार्षिकोत्सव कार्यक्रमलाई थप अर्थपूर्ण बनाउनुका साथै कर्मचारीहरूको मनोबल अभिवृद्धिमा योगदान पुर्‍याएको छ।

  • MBL - below news