काठमाण्डौ । नेपाली बजारमा विगत ५ दिनमा सुन प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको छ । सुन प्रतितोला बिहीबार ७० हजार रुपैयाँ कायम भएसँगै यो नेपालको इतिहासमा सुनको भाउ उच्चतम विन्दुमा पुगेको छ ।
कारोबारीका अनुसार अमेरिका र चीनबीचको व्यापार युद्ध बढ्दै गएका कारण लगानीकर्ताहरु अहिले सुरक्षित लगानीको क्षेत्रका रुपमा सुन बजारलाई हेरिरहेका छन् । तर यस्तो बेलामा सुनमा लगानी गर्नु समझदारी होला त ? जानकारअनुसार सुन खरिद गर्नुअघि थोरै सावधानी अपनाउनुपर्ने मत राख्छन् । त्यसैले तल दिइएका ५ वटा टिप्सअनुसार चल्नुहोस् तपाइँहरु सुन कारोबारमा जहिल्यै नाफामा हुनुहुनेछ ।
१. अमेरिकी डलरको विनियम दर र सुनको मूल्यमा उल्टा सम्बन्ध हुन्छ । मतलब यदि विश्व बजारमा डलर भाउ महँगिएर दह्रो स्थितिमा रहँदा सुनको भाउ कम हुन्छ । सुनमा लगानी गर्ने सबैभन्दा उत्तम समय भनेको सुनको माग बढ्ने र डलरको भाउमा गिरावट आउनु नै हो ।
२. यदि सुनको भाउ तीव्रगतिमा बढिरहेको र साथै चाँदीको भाउ पनि त्यस्तै महँगो हुँदै गएको छ भने सुनको भाउमा आएको उछाल स्थायी हुन्छ । तर यदि सुनको बढ्दै गरेको भाउसँगै चाँदीको मूल्यमा पनि त्यसरी उछाल आइरहेको छैन भने त्यतिखेर सुनमा लगानी गर्दा सावधानी अपनाउनु जरुरी हुन्छ ।
३. जब विश्व बजारमा क्रुड आयलको मूल्य बढ्छ तब सुनको भाउ पनि महँगिन्छ । किनकि यसलाई सुनको भाउ बढ्नुमा राम्रो मानिन्छ । किनकि काँचो तेल महँगो हुँदा बजारमा अन्य वस्तुको भाउ पनि बढ्छ । जसले सुनको भाउमा प्रत्यक्ष असर गरिरहेको हुन्छ ।
४. लगानीकर्ता त्यतिबेला सुनमा लगानी लगाउँछन् जति बेला अरु लगानी गर्न योग्य क्षेत्रमा उनीहरुलाई राम्रो आम्दानी हुने अवस्था देख्दैनन् । यस्तो अवस्थामा यदि सेयर बजारमा तीव्रगतिमा मन्दी आइरहेको छ भने सुनको भाउ बढ्नै सम्भावना निकै हुन्छ । तर यदि सेयर बजारमा उछाल आइरहेको छ भने सुनको मूल्य बढ्ने सम्भावना कम हुन्छ ।
................








