इन्धन खपत घटाउने तयारीमा सरकार : संकट लम्बिने जोखिमसँगै जोर-बिजोरमा छलफल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इन्धन खपत घटाउने तयारीमा सरकार : संकट लम्बिने जोखिमसँगै जोर-बिजोरमा छलफल

पश्चिम एसियामा जारी द्वन्द्वकाबीच नेपालको पेट्रोलियम पदार्थको आपूर्तिमा समेत प्रत्यक्ष प्रभाव पर्न सक्ने भन्दै सरकारी निकायहरु आन्तरिक छलफलमा जुटेका छन् ।

नेपाल आयाल निगम,  यातायात व्यवस्था विभाग र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायतले नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन आन्तरिक छलफलमा जुटेका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा इरानसँगको युद्ध झन् लम्बिँदै जाँदा विश्वको ऊर्जा बजारमा थप संकटमा पर्न जाने देखिएको छ । तेल तथा ग्यास क्षेत्रमाथि भएका श्रृंखलाबद्ध आक्रमणपछि गत बिहीबार मात्रै कच्चा तेलको मूल्यमा तीव्र उछाल आएको थियो । हाल पनि तेलको मूल्य उच्चनै देखिन्छ ।

Read More
  • MBL - below news