काठमाडौँ । सिंगापुरमा फेब्रुअरी महिनामा मुख्य मुद्रास्फीति दर वार्षिक आधारमा बढेर १ दशमलव ४ प्रतिशत पुगेको छ । जुन जनवरी महिनाको १ प्रतिशतभन्दा उच्च हो।
सोमबार सार्वजनिक गरिएको आधिकारिक विवरणअनुसार यस वृद्धिको प्रमुख कारण सेवा क्षेत्र, खाद्य पदार्थ तथा खुद्रा वस्तुहरूको मूल्यमा आएको वृद्धि हो, जसमा विशेषगरी चिनियाँ नयाँ वर्षसँग सम्बन्धित मौसमी प्रभावले पनि योगदान दिएको बताइएको छ।







