फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात भएको छ।
बढ्दो मागको कारण उपभोक्ताले सहज ग्यास नपाएको गुनासो गरेपछि अहिले नेपाल आयल निगमले आधा सिलिण्डर ग्यास बिक्री नीति अवलम्बन गरेको छ।
तर यथार्थमा ग्यास आयातमा कमी नआएको तथ्यांकले देखाएको छ।
भन्सार विभागको तथ्यांक अनुसार फागुनमा ५१ हजार १९२ टन ग्यास आयात भएको छ।
यो पुस र माघको तुलनामा उच्च हो। पुसमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास भित्रिएको थियो।





-1773296049.jpg)

