काठमाडौँ — चालु आर्थिक वर्षको साउन-फागुनसम्म १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १२.५४ र निर्यात २०.८३ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षको साउन-फागुनसम्म ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात भएको थियो भने १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।






