ट्याक्टर दुर्घटना परी कुमारी बैंकका सहायक म्यानेजरको मृत्यु, जागिर सकेर फर्कंदै थिए घर...!


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 ट्याक्टर दुर्घटना परी कुमारी बैंकका सहायक म्यानेजरको मृत्यु, जागिर सकेर फर्कंदै थिए घर...!

 

डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा कुमारी बैंकमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी कुमारी बैंकको डडेलधुरा शाखामा कार्यरत भागेश्वर गाउँपालिका–४ रतनी घर भइ हाल डडेल्धुरा सदरमुकाममा बस्ने २८ वर्षीय सुरेश विष्ट (समीर) रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले पुष्टि गरेको छ । 

 

अमरगढी नगरपालिका–५ खलंगा खानेपानी ट्ङ्याकी नजिकै बुधबार साँझ से २ त १०४५ नम्बरको ट्याक्टर पल्टिएको थियो । ट्याक्टर सडकभन्दा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिएका छन् ।

Read More
  • MBL