लघुवित्त सदस्य सम्मेलन आजदेखि, युवा उद्यमशीलता प्रवर्द्धनमा जोड


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लघुवित्त सदस्य सम्मेलन आजदेखि, युवा उद्यमशीलता प्रवर्द्धनमा जोड

काठमाडौं । नेपालको विपन्न वर्ग, खासगरी महिलाको आर्थिक तथा सामाजिक स्तर वृद्धि एवं सशक्तीकरणमा विशेष भूमिका खेल्दै आएको लघुवित्त कार्यक्रमका उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी रणनीति तय गर्न आइतवार र सोमवार (चैत ८ र ९ गते) काठमाडौंमा पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै छ ।

लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरूको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा हुने सम्मेलनमा नियामक निकाय, नीति–निर्माता, सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य गरी ५०० जनाभन्दा बढीको सहभागिता रहनेछ । 

‘उद्यमशीलता फैलाऔं, युवालाई स्वरोजगार बनाऔं’ नारा सहित २ दिन चल्ने सम्मेलनअन्तर्गत ७ ओटा सत्रमा लघुवित्तका विविध आयाममा सामुहिक छलफल तथा अनुभव आदानप्रदानको कार्यक्रम छ, जसमा ‘लघुवित्त सदस्यहरूको अनुभव र उन्नतिबारे मनको कुरा’, ‘लघुवित्तको वर्तमान अवस्था, चुनौती र अवसर’, ‘सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणमा लघुवित्तको क्रेडिट प्लस कार्यक्रम’, ‘लघुवित्तमा सकारात्मक सोचको विकास र तनाव व्यवस्थापन’, ‘लघुवित्तमा प्रविधिको प्रयोग, चुनौती र सावधानीका उपाय’, ‘युवा स्वरोजगार, ३ शून्य क्लब र लघुवित्त’ र ‘लघुवित्तमा आएको विकृति, विसंगति र विचलन नियन्त्रणमा सदस्य, कर्मचारी र संस्थाको भूमिका’ विषयमा छलफल तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले जानकारी दिए । 

Read More
  • MBL - below news