पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा समायोजनको तयारीमा सरकार लागेको छ ।
बिहीबार यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भाडा समायोजनका लागि सिफारिस गरेको हो ।
चैत १ गते रातिदेखि नेपाल आयल निगमले पेट्रोलमा १५ रुपैयाँ र डिजेलरमट्टितेलमा १० रुपैयाँ बढाएको थियो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको थियो। इन्धनको मूल्य बढेसँगै सार्वजनिक यातायातको मूल्य समायोजन गर्न लागिएको हो।







