४ चैत, काठमाडौं । अर्थतन्त्रले सामान्य गति लिएसँगै वित्तीय क्षेत्रको कर्जा भुक्तानीको समस्यामा पनि सुधार देखिएको छ । ऋणीले कर्जाको किस्ता समयमै भुक्तानी गर्न थालेपछि धितो सकार तथा कर्जा अपलेखन घटेको हो ।
चालु आर्थिक वर्षको माघ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा सुधार देखिएको छ । नोक्सानी व्यवस्था गर्नु पर्ने रकम घटेको छ । त्यसैगरी विगतमा गरिएको कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता हुने रकम समेत बढेको छ ।







