आगामी बर्खायाममा बढी हुने (सरप्लस) ५०० मेगावाट बिजुली अन्तराष्ट्रिय बजारमा बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणले अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
आगामी बर्खायाम (असार र साउन महिना) मा दिन र रातको समयमा खपत भइ बढी हुने करिब ५०० मेगावाट बिजुली बिक्रीका लागि प्राधिकरणले अग्रिम तयारी थालेको हो ।
बर्खायाममा बढी हुने ५०० मेगावाट बिजुली भारतीय बजारमा बिक्री गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार, प्राधिकरणले अन्तराष्ट्रिय बोलपत्रमार्फत ५०० मेगावाट बिजुली बिक्री गर्नका लागि अन्तराष्ट्रिय कम्पनीलाई आह्वान गरेको हो । ५०० मेगावाट बिक्री गर्नका लागि टेन्डर गरिसकिएको र त्यसको म्याद आगामी चैत मसान्तसम्म बाँकी रहेको शाक्यले बताए ।







