सडक दस्तुर संकलन अब डिजिटल: प्रिपेड ट्याग कार्ड जारी गर्न बैंकलाई अनुमति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सडक दस्तुर संकलन अब डिजिटल: प्रिपेड ट्याग कार्ड जारी गर्न बैंकलाई अनुमति

नेपालका प्रमुख राजमार्गहरूमा सडक प्रयोग दस्तुर (टोल) संकलन अब थप आधुनिक र डिजिटल हुने भएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै वाणिज्य बैंकलाई रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन चिपमा (आरइफआइडी) आधारित प्रिपेड ट्याग कार्ड जारी गर्न अनुमति दिएको हो।

योसँगै टोल प्रणालीमा प्रविधिको प्रयोग विस्तार हुने भएको हो।

नयाँ व्यवस्थाअनुसार नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डमा चल्ने सवारीसाधनबाट टोल शुल्क संकलन गर्न वाणिज्य बैंकहरूले आरइफआइडीमा आधारित प्रिपेड ट्याग कार्ड जारी गर्न सक्नेछन्। 

Read More
  • MBL - below news