अतिकम विकसित मुलुकबाट स्तरोन्नति : निर्यात ४.३५ प्रतिशतसम्मले घट्न सक्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अतिकम विकसित मुलुकबाट स्तरोन्नति : निर्यात ४.३५ प्रतिशतसम्मले घट्न सक्ने

काठमाडौं । नेपालको अतिकम विकसित राष्ट्र (एलडीसी)बाट स्तरोन्नति हुने मिति सार्ने वा नसार्ने विषयमा सरकारले अझै अन्तिम निर्णय गरिसकेको छैन । तर, अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) को नयाँ अध्ययनले भने यदि योजनाअनुसार नै नेपाल स्तरोन्नति हुनतिर अघि बढेमा देशले निर्यातमा तीव्र गिरावट, रोजगारी गुम्ने अवस्था र औद्योगिक सुस्ती भोग्नुपर्ने स्थिति आउने देखाएको छ । 

नेपाल नोभेम्बर २०२६ मा एलडीसीबाट स्तरोन्नति हुने कार्यतालिका छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र बंगलादेशले हालै स्तरोन्नति स्थगित गर्न संयुक्त राष्ट्रसंघमा निवेदन दिएपछि नेपालभित्र पनि स्तरोन्नतिको समयसीमा पुनर्विचार गर्नुपर्ने आवाज बढ्दै गएको छ । विशेष गरी, नेपाली निजीक्षेत्रले यो माग उठाएको छ ।

Read More
  • MBL - below news