सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगरस्थित राजवंशी चोक शाखाबाट करिब ५ करोड रुपैयाँ हिनामिना भएको छ ।
बैंकको शाखामा ४ करोड ९१ लाख रुपैयाँभन्दा बढी वित्तीय हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेपछि हिनामिनाको घटना बाहिरिएको हो ।
बैंकको आन्तरिक छानबिनका क्रममा नक्कली ऋणी खडा गरेर ठुलो परिमाणमा रकम दुरुपयोग भएको पाइएपछि बैंक प्रशासनले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको हो ।






