१ चैत, काठमाडौं । चालु आर्थिक वर्ष आठौं महिना (साउन-फागुन) सम्म पुग्दा राजस्व संकलन र अन्य प्राप्ति लक्ष्यको ८२.६० प्रतिशतमात्र भएको देखिएको छ ।
अर्थ मन्त्रालयका अनुसार यस वर्ष फागुन मसान्तसम्म सरकारले ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ बराबर राजस्व संकलन लक्ष्य राखेको थियो । तर, ७ खर्ब ५१ अर्ब ८६ करोड बराबर संकलन भएको छ । जुन लक्ष्यको ८२.६० प्रतिशतमात्र हो ।







