तेलको मूल्य प्रतिब्यारेल २०० डलर पुग्ने इरानको चेतावनी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
तेलको मूल्य प्रतिब्यारेल २०० डलर पुग्ने इरानको चेतावनी

न्युयोर्क : मध्यपूर्वमा चर्किएको युद्धको सिधा असर विश्व आर्थिक बजारमा देखिएको छ। बिहीबार सुरुवाती कारोबारका क्रममा प्रमुख एसियाली सेयर बजारहरू ओरालो लागेका छन्। जापानको निक्केई र अष्ट्रेलियाको सेयर बजार सूचकांक करिब १ प्रतिशतले घटेका छन्। त्यस्तै दक्षिण कोरियाको कोस्पी इन्डेक्स पनि करिब ०.४ प्रतिशतले तल झरेको छ।

इरानले विश्व समुदायलाई चेतावनी दिँदै तेलको मूल्य प्रतिब्यारेल २०० अमेरिकी डलर पुग्न सक्ने बताएको छ। इरानले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने 'होर्मुज स्ट्रेट' बाट कुनै पनि तेल जान नदिने चेतावनी समेत दिएको छ।

 
Read More
  • MBL - below news