इजरायल–अमेरिका र इरानबीच जारी युद्धको आर्थिक असर अब अझ स्पष्ट रूपमा देखिन थालेको छ। स्ट्रेट अफ होर्मुज बन्द हुनु र खाडी देशका रिफाइनरीहरूमा भइरहेका आक्रमणका कारण कच्चा तेलको संकट गहिरिँदै गएको हो।
इरानको राजधानी तेहरानस्थित एक ठूलो तेल डिपोमा भएको आक्रमणपछि कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको छ। सोमबार एकै ट्रेडिङ सेसनमा कच्चा तेलको मूल्य २३ डलरसम्म बढेको थियो र अन्त्यमा प्रति ब्यारेन १०३ डलरमा स्थिर भयो।







