वासिङ्टन डिसी । मध्यपूर्वमा बढ्दै गएको युद्धका कारण तेलको मूल्य आकाशिएपछि विश्व बजारमा अमेरिकी डलरको मूल्य ह्वात्तै बढेको छ। लामो समयसम्म युद्ध लम्बिने र यसले ऊर्जा आपूर्तिमा अवरोध पुर्याई विश्वव्यापी आर्थिक वृद्धिलाई असर गर्ने डरले लगानीकर्ताहरू सुरक्षित मानिने डलरतर्फ आकर्षित भएका हुन्।
सोमबार अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ। एसियाली बजारमा सोमबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलरको नजिक पुगेको थियो। यद्यपि, जी-७ का अर्थमन्त्रीहरूले आपतकालीन भण्डारबाट तेल निकाल्ने विषयमा छलफल गर्ने समाचार बाहिरिएपछि मूल्यमा सामान्य गिरावट आएको छ।







