नेप्सेमा पहिलो सर्किट ब्रेक, कारोबार २० मिनेटका लागि स्थगित


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा पहिलो सर्किट ब्रेक, कारोबार २० मिनेटका लागि स्थगित

प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबार दिन सेयर बजारमा उत्साहजनक उछाल देखिएको छ। बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै कारोबार २० मिनेटका लागि स्थगित गरिएको हो।

यसअघि प्रि–ओपन सेसनमा नै नेप्से १.६४ प्रतिशतले बढेको थियो। नियमित कारोबार सुरु हुनासाथ बजारमा तीव्र खरिद दबाब देखिएपछि परिसूचक तीव्र गतिमा उकालो लागेको थियो।

नियमअनुसार ४ प्रतिशत वृद्धि भएसँगै पहिलो सर्किट लागेपछि कारोबार अस्थायी रूपमा रोकिएको हो।

  • MBL - below news