आज फागुन २४ गते आइतबार, चैत्र कृष्णपक्ष पञ्चमी तिथि, कुन राशिको आर्थिक पक्ष कस्तो ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आज फागुन २४ गते आइतबार, चैत्र कृष्णपक्ष पञ्चमी तिथि, कुन राशिको आर्थिक पक्ष कस्तो ?

फागुन २४ गते आइतबार, चैत्र कृष्णपक्ष पञ्चमी तिथि

मेष
नयाँ लगानीका लागि समय उपयुक्त देखिँदैन। हाल चलिरहेका काममा ध्यान केन्द्रित गरेमा अपेक्षित नतिजा प्राप्त हुने सम्भावना छ।

वृष
साझेदारीमा आधारित व्यवसाय वा योजनामा सकारात्मक प्रगति देखिन्छ। जीवनसाथीको सहयोगले कार्यहरू सफलता तर्फ उन्मुख हुनेछन्।

मिथुन
पुराना लेनदेन मिल्ने र आम्दानीमा वृद्धिको संकेत देखिन्छ। आर्थिक सञ्चयमा ध्यान दिन सकिने समय छ।

कर्कट
शुभचिन्तक तथा वरिष्ठ व्यक्तिको मार्गदर्शनले अड्केका कार्यहरू सम्पादन हुने सम्भावना छ। सम्बन्धहरू सुदृढ हुनेछन्।

सिंह
अनावश्यक खर्चमा वृद्धि हुन सक्छ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग मनमुटावको सम्भावना रहेकाले निर्णयमा सजगता आवश्यक छ।

कन्या
नवीन अवसरहरू देखा पर्न सक्छन्। आम्दानीमा सुधार आउने मात्र नभई अतिरिक्त आर्थिक स्रोतहरू समेत विकास हुनसक्छन्।

तुला
खर्च र चुनौतीका कारण दवाब बढ्न सक्छ। कार्यक्षेत्रमा धैर्य र सावधानीका साथ अघि बढ्नु हितकर हुनेछ।

वृश्चिक
नयाँ व्यावसायिक लगानीका लागि अनुकूल समय देखिन्छ। सामाजिक प्रतिष्ठामा पनि वृद्धि हुने योग देखिन्छ।

धनु
अप्रत्यक्ष कारणले कार्यमा अवरोध आउन सक्छ। योजनाहरूलाई कार्यान्वयन गर्नुअघि सूक्ष्म विश्लेषण र सतर्कता जरुरी देखिन्छ।

मकर
आम्दानीमा वृद्धि हुने संकेत छन्। साथीभाइ तथा समूहगत सहयोगबाट समन्वयमा आधारित कार्यहरू सफल हुने सम्भावना बलियो छ।

कुम्भ
रचनात्मक कार्यमा संलग्न हुन उपयुक्त समय छ। पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्तिको अवसर देखिन्छ।

मीन
सिर्जनात्मक अभिव्यक्तिबाट अरूलाई प्रभाव पार्न सकिनेछ। आर्थिक पक्ष सामान्य रूपमा सुधार हुने सम्भावना छ।

  • MBL - below news