सुपर खुदी हाइड्रोपावरको थप सर्वसाधारणमा निष्कासन भएको आईपीओ बाँडफाँट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सुपर खुदी हाइड्रोपावरको थप सर्वसाधारणमा निष्कासन भएको आईपीओ बाँडफाँट

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले थप सर्वसाधारणमा निष्कासन गरेको आईपीओ फागुन १७ गते बाँडफाँट गरेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले भाग्यमानी १ लाख २८ हजार ६५० जना आवेदकहरुलाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ खरीदका लागि २६ लाख २० हजार ३४१ जनाले आवेदन दिएकोमा २५ लाख ८० हजार ४७० जनाको आवेदन मात्र रितपूर्वक भएको विक्री प्रबन्धकको भनाई छ ।

रितपूर्वक आवेदन दिएका आवेदकहरुमा गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँट गरि दोस्रो चरणमा थप सर्वसाधारणका लागि फागुन ५ गतेदेखि ११ गतेसम्म १२ लाख ८६ हजार ५०० कित्ता आईपीओ निष्कासन गरिएको हो । 

Read More
  • MBL - below news