दोहोरो आइजिन लागू गर्न खोज्दा अवरोध भयो : सिडिएससी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दोहोरो आइजिन लागू गर्न खोज्दा अवरोध भयो : सिडिएससी

काठमाडौँ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले संस्थापक र सर्वसाधारण शेयरका लागि फरक फरक आइजिन (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर) व्यवस्था लागू गर्न खोज्दा ठूलो दबाब र अवरोध खेप्नुपरेको जनाएको छ । 

सिडिएससीले संस्थापक र सर्वसाधारणतर्फका शेयरका लागि फरक–फरक आइजिनको व्यवस्था गर्दै ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ स्वीकृतिका लागि गत साउन ११ गते नै नेपाल धितोपत्र बोर्डसमक्ष पेश गरेको जनाएको छ । हालसम्म बोर्डले उक्त निर्देशिका स्वीकृत नगरेको सन्दर्भमा सिडिएससीले सोमबार छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा सिडिएससीकी प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकले १५ वर्षअघि नै कानूनमा व्यवस्था भएअनुसार कार्यान्वयन गर्न खोज्दा दबाब, प्रभाव, हिंसा तथा कानूनी लडाइँसमेत लड्नुपरेको बताइन् । पूँजीबजारको पारदर्शिता र लगानीकर्ताको सुरक्षाका लागि दोहोरो आइजिन व्यवस्था प्रस्ताव गरिएको भए पनि त्यसलाई रोक्न अदृश्य शक्तिहरू सक्रिय रूपमा लागेको उनले दाबी गरिन् ।

Read More
  • MBL - below news