तालिम सञ्चालन कार्यविधि जारी


  • Himalayan Bank Limited (HBL)
तालिम सञ्चालन कार्यविधि जारी

काठमाडौँ, फागुन ११ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदातालाई आवश्यक जनशक्ति तयार गरिदिने व्यवस्थासहित ‘कार्यस्थलमा आधारित तालिम सञ्चालन कार्यविधि, २०८२’ जारी गरेको छ । रोजगारदाता प्रतिष्ठानले बजारलाई आवश्यक दक्ष जनशक्ति अभाव रहेको भन्ने गुनासोका आधारका मन्त्रालयले प्रतिष्ठानलाई आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यले उक्त कार्यविधि जारी गरिएको हो ।

मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले आन्तरिक श्रम बजारमा रहेको रोजगारी सम्भावना उपयोग गर्न देशमा रहेका श्रमयोग्य जनशक्ति दक्ष बनाई रोजगारदातालाई त्यस्तो जनशक्ति आपूर्ति गर्ने उद्देश्यसहित कार्यविधि जारी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यविधिमा भएको व्यवस्था अनुसार आधारभूत सिपमूलक तालिम अवधि न्यूनतम ३९० घण्टादेखि अधिकतम ७३० घण्टासम्म हुने छ । तालिम अवधि निर्धारण प्रतिष्ठान र रोजगारदाताबिच हुने समझदारीपत्रका आधारमा गरिने पनि कार्यविधिमा उल्लेख छ । 

Read More