१० फागुन, काठमाडौं । कृषिप्रधान देशमा धानचामल आयात बर्सेनि बढ्दो क्रममा छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउनदेखि माघसम्म) मा नेपालले २५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको हो ।
गत आव २०८१/८२ को सोही अवधिमा यस्तो आयात २५ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ बराबर थियो । समग्र आयात रकममा सामान्य वृद्धि देखिए पनि नेपालमा धानको सट्टा विदेशबाट सिधै तयारी चामल भित्रिने क्रम भने यस वर्ष निकै बढेको तथ्यांकले देखाउँछ ।



