यस्ता छन् वैदेशिक लगानीमा स्वचालित स्वीकृति पाउने उद्योग


  • Himalayan Bank Limited (HBL)
यस्ता छन् वैदेशिक लगानीमा स्वचालित स्वीकृति पाउने उद्योग

काठमाडौँ, फागुन ५ गते । सरकारले स्वचालित मार्गबाट स्वीकृत गर्ने विदेशी लगानीका उद्योगको नाम सार्वजनिक गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट सोमबार राजपत्रमा त्यस्ता उद्योगको नाम उल्लेख गरिएको हो । 

जस अनुसार ऊर्जामूलक उद्योग अन्तर्गत वायु, सौर्य शक्ति, प्राकृतिक तेल र इन्धन वा ग्यास, बायोमास वा अन्य स्रोतबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन तथा उपकरण निर्माण गर्ने उद्योगको विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत हुने छ । 

Read More