काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्कासन तथा बाँडफाँट कार्य सम्पन्न गरेको छ । कम्पनीले दुई चरणमा आईपीओ निष्कासन गरी बाँडफाँट समेत सम्पन्न गरेको हो । पछिल्लो चरणमा माघ १८ गतेदेखि २१ गतेसम्म थप सर्वसाारणका लागि निष्कासन गरेको आईपीओ फागुन ५ गते बाँडफाँट गरिएको हो ।
यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन गरी बाँडफाँट गरेको थियो ।





