काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले दोस्रो चरणमा थप सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले फागुन ४ गते विहान उक्त आईपीओ बाँडफाँट गरेको हो ।
यस कम्पनीले थप सर्वसाधारणमा माघ २२ गतेदेखि २६ गतेसम्म ३३ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । न्यूनतम १० कित्ताको बाँडफाँट नीति बमोजिम ३ लाख ३२ हजार योग्य आवेदकहरुले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । यस आईपीओ खरीदका लागि कुल २६ लाख ६० हजार ४५२ जनाको आवेदन दिएको र त्यसमध्ये २३ लाख ७१ हजार ३१५ जनाको आवेदन मात्र रितपूर्वक भएको विक्री प्रबन्धकको भनाई छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।





